लेख विवरण

विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापा सम्मानित

विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापा सम्मानित

काठमाडौं बैशाख ९ गते । 
काठमाडौं महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापा मगरलाई बुधबार नगदसहित सम्मान गरेको छ ।

दुबइमा गत नोभेम्बरमा भएको उक्त प्रतियोगिताको पुरुष ५४ केजी तौलसमूह कांस्य जितेका चन्द्रलाई १ लाख नगदसहित सम्मान पत्रबाट सम्मान गरियो । सोही अवसरमा प्रशिक्षक दीपक महर्जनलाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, महानगरका प्रवक्त नवीन मानन्धरलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.