लेख विवरण

जापानमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि नेपाली टोली प्रस्थान

जापानमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि नेपाली टोली प्रस्थान

काठमाडौं — २२औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान गरेको छ। उक्त प्रतियोगिता अप्रिल २४ देखि २६, २०२६ सम्म जापानको ओसाका सहरस्थित ओहामा एरेनामा सञ्चालन हुनेछ।

टोलीलाई नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी तथा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य कुमार लामा घिसिङले नेपाली घरबाट विशेष कार्यक्रमका बीच विदाई गरेका थिए।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरू यसप्रकार रहेका छन्:

1. आरावी ग्यावाली — अन्डर ९ वर्ष, व्यक्तिगत पुम्से (महिला), लिटल बड स्कुलकी छात्रा
2. विशेष चन्द्र गामी — अन्डर ११ वर्ष, व्यक्तिगत पुम्से (पुरुष), होग आउ तेक्वान्दो डोजाङ
3. श्रेयान कार्की — अन्डर ११ वर्ष, व्यक्तिगत पुम्से (पुरुष), गोंगबु तेक्वान्दो डोजाङ
4. आयुषा कार्की — -४९ केजी, क्योरुगी (महिला)

टोलीका मुख्य प्रशिक्षक सरोज तामाङ (गोंगबु तेक्वान्दो डोजाङ) रहेका छन्। उहाँ लिटल बड स्कुल कीर्तिपुर, त्याङलाफाँट, शाङ्ग्रिला स्कुल इमाडोल, ललितपुरसँग पनि आबद्ध हुनुहुन्छ। टोली व्यवस्थापकका रूपमा रुश्मा सुबेदी रहेकी छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.