ढोरपाटनमा हाई अल्टिच्युड हाप्किडो प्रशिक्षण तथा प्रतियोगिता सुरु
बाग्लुङ, ढोरपाटनमा आजदेखि हाई अल्टिच्युड हाप्किडो प्रशिक्षण तथा प्रतियोगिता सुरु भएको छ। नेपाल हाप्किडो संघको स्वीकृतिमा गण्डकी प्रदेश हाप्किडो संघको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रम पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो। कार्यक्रममा देशका सातै प्रदेशबाट प्रशिक्षक तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले उद्घाटन गर्दै खेलकुद र पर्यटनलाई सँगसँगै अगाडि बढाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताइन्। उनले ढोरपाटन जस्तो प्राकृतिक सुन्दरताले भरिएको क्षेत्र खेलकुद गतिविधिका लागि समेत उपयुक्त रहेको उल्लेख गरिन्।
यसैगरी, नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले हाप्किडो खेलको विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउन यस्ता प्रशिक्षण र प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने बताए।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष तारा माया थापा, प्रदेश खेलकुद परिषद गण्डकीका बोर्ड सदस्य खिम पुन मगर र सीता गुरुङ, संघका केन्द्रीय सदस्यहरू राजेन्द्र मडै र थम प्रकाश छन्त्याल, केन्द्रीय प्रमुख प्रशिक्षक प्रविण गुरुङ लगायतको उपस्थिति रहेको थियो।
गण्डकी प्रदेश हाप्किडो संघका अध्यक्ष खेम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन उपाध्यक्ष खरमाया बिटालुले गरेकी थिइन्।
आयोजकका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य उच्च हिमाली क्षेत्रमा खेलाडीहरूको शारीरिक क्षमता, सहनशीलता र सीप अभिवृद्धि गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गराउनु हो। साथै, खेलकुद मार्फत ढोरपाटन क्षेत्रको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई देश–विदेशमा प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्र चलायमान बनाउने र खेल पर्यटनको विकासमा टेवा पुर्याउने लक्ष्य रहेको बताए ।
प्रतियोगिताबाट आगामी सन् २०२६ जुन २३ देखि २९ सम्म दुबईमा आयोजना हुने ब्रिक्स गेममा सहभागिताका लागि खेलाडी छनोट गरिने संघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्