युएफसीकी चर्चित 'अक्टागन गर्ल' ब्रिट्नी पाल्मरको बोल्ड लुक्सले सामाजिक सञ्जालमा चर्चा
काठमाडौं । मिक्सड मार्सल आर्ट्सको विश्वकै प्रतिष्ठित संस्था युएफसीकी पूर्व चर्चित 'अक्टागन गर्ल' ब्रिट्नी पाल्मर अहिले सामाजिक सञ्जालमा आफ्नो नयाँ तस्बिरका कारण चर्चामा छिन्। १६ वर्षसम्म युएफसीको रिङमा जादु छरेकी पाल्मरले सन् २०२३ को डिसेम्बरमा सन्यास घोषणा गरे पनि उनको लोकप्रियतामा कुनै कमी आएको छैन।

हालै सार्वजनिक भएका केही तस्बिरहरूमा पाल्मर निकै बोल्ड र ग्ल्यामरस अवतारमा देखिएकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा ११ लाखभन्दा बढी फलोअर्स रहेकी उनलाई प्रशंसकहरूले 'इतिहासकै उत्कृष्ट अक्टागन गर्ल' को रूपमा टिप्पणी गरिरहेका छन्।

३६ वर्षीया पाल्मर केवल एक मोडेल मात्र नभई एक कुशल चित्रकार पनि हुन्। युएफसीबाट बिदा भएपछि उनले आफ्नो समय पेन्टिङ र कला क्षेत्रमा बिताउँदै आएकी छिन्। उनले पाँच पटक 'रिङकार्ड गर्ल अफ द इयर' को अवार्ड समेत जितेकी थिइन्।

आफ्नो खेल जीवनमा उनले डान ह्वाइटदेखि कनर म्याकग्रेगरजस्ता दिग्गजहरूसँग काम गरिसकेकी छिन्। खेल क्षेत्रबाट सन्यास लिए पनि सामाजिक सञ्जाल र मोडलिङका कारण उनी अझै पनि उत्तिकै चर्चित छिन्। उनका नयाँ तस्बिरहरूले इन्टरनेटमा निकै छोटो समयमा धेरैको ध्यान तान्न सफल भएका छन्।



टिप्पणी लेख्नुहोस्