लेख विवरण

‘विश्वकै कामुक भलिबल खेलाडी’ कायला सिमन्सको मिरर सेल्फीले सामाजिक सञ्जालमा चर्चा

‘विश्वकै कामुक भलिबल खेलाडी’ कायला सिमन्सको मिरर सेल्फीले सामाजिक सञ्जालमा चर्चा

एजेन्सी । ‘विश्वकै सबैभन्दा कामुक भलिबल खेलाडी’ को उपनाम पाएकी कायला सिमन्सले सामाजिक सञ्जालमा पोस्ट गरेको पछिल्लो तस्बिरले पुनः इन्टरनेटमा चर्चा कमाएको छ । हालै उनले सार्वजनिक गरेको मिरर सेल्फी (ऐनाअगाडिको तस्बिर) मा उनको आकर्षक शरीर र फेसन स्टाइलको फ्यानहरूले निकै प्रशंसा गरिरहेका छन् ।

NINTCHDBPICT001072348570

मोडल बन्न खेल करियरको त्याग

२७ वर्षीया कायला कुनै समय अमेरिकाको मार्सल युनिभर्सिटीको भलिबल टोलीकी स्टार खेलाडी थिइन् । तर, उनले आफ्नो खेल करियरलाई बिट मार्दै मोडलिङ र इन्फ्लुएन्सरको बाटो रोजिन् । कायलाका अनुसार विश्वविद्यालय प्रशासनले उनले सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्बिरहरूलाई लिएर दबाब दिने गरेको थियो ।

NINTCHDBPICT001067624263

उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, "मलाई मेरा तस्बिरहरू अनुपयुक्त भएको भन्दै इन्स्टाग्राम अकाउन्ट नै डिलिट गर्न भनिएको थियो । मलाई आफ्नो शरीरप्रति गर्व गर्न र आफूलाई मनपर्ने खेल खेल्न सँगै सम्भव नभएको जस्तो महसुस भयो ।" त्यसपछि उनले व्यावसायिक भलिबल खेल्न छोडेर पूर्णकालीन मोडलिङमा लाग्ने निर्णय गरेकी हुन् ।

NINTCHDBPICT001056507878

इन्स्टाग्राममा लोभलाग्दो फ्यान फलोइङ

अहिले इन्स्टाग्राममा उनका १० लाखभन्दा बढी फलोअर्स छन् । उनी प्रायः आफ्ना बोल्ड तस्बिरहरू र दैनिक जीवनका गतिविधिहरू सेयर गरिरहन्छिन् । उनको पछिल्लो मिरर सेल्फीमा फ्यानहरूले 'आउट अफ दिस वर्ल्ड' र 'गर्जियस' जस्ता प्रतिक्रिया दिँदै उनको कन्फिडेन्सको तारिफ गरेका छन् ।

NINTCHDBPICT001067624322

कायलाले आफूलाई अरूको दबाबमा नपर्न र आफ्नो आत्मविश्वासलाई कायम राख्न सधैँ प्रेरित गर्ने गरेकी छिन् ।

NINTCHDBPICT001067624305


स्रोत: द सन / डेली स्टार

टिप्पणी लेख्नुहोस्

Please Login to comment.