लेख विवरण

सिटीजन्स बैंक खुला टेनिस आइतबारदेखि

सिटीजन्स बैंक खुला टेनिस आइतबारदेखि

काठमाडौं बैशाख ११ गते। सिटीजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा १२ औं सिटीजन्स बैंक खुला टेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
 
प्रतियोगितामा विभिन्न १३ स्पर्धामा १ सय ५४ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । पुरुष÷महिला सिंगल्स र डबल्स तथा पुरुष भेट्रानतर्फ ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स र डबल्समा खेल हुनेछ । पुरुष भेट्रान ७० वर्षमाथि सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।
 
नेपाल टेनिस संघको सहयोगमा हुने लागेको प्रतियोगिताको सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी ६ लाख ६५ हजार रुपैयाँ रहेको छ । साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वर र भद्रकालीस्थित आर्मीको टेनिस कोर्टमा खेलाइने छ ।
 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.