तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
काठमाडौं बैशाख ११ गते । तार्केश्वर नगरपालिका १५औँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता–२०८३ मा लगातार तेस्रो पटक च्याम्पियन बनेको छ ।
काठमाडौँ जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा ४४ स्वर्ण, २४ कास्य र १३ रजत पदकसहित तार्केश्वर च्याम्पियन बनेको हो । प्रतियोगितामा ६ खेल समावेश थिए । तार्केश्वरले एथलेटिक्समा २४ स्वर्ण, भलिबलमा १ स्वर्ण, कबड्डीमा १ स्वर्ण, उसुमा ९ स्वर्ण, तेक्वान्दोमा ६ स्वर्ण र करातेमा ३ स्वर्ण जित्यो ।
चन्दागिरी नगरपालिका ६ स्वर्ण, ३० रजत र २० कांस्यसाथ दोश्रो तथा नागर्जुन नगरपालिका ५ स्वर्ण, ८ रजत र १६ कांस्य तेश्रो बने ।

टिप्पणी लेख्नुहोस्