लेख विवरण

साउदी अरबमा '१०औं सगरमाथा गोल्ड कप २०२६' पुन: सञ्चालन हुँदै, टिम दर्ता खुला

साउदी अरबमा '१०औं सगरमाथा गोल्ड कप २०२६' पुन: सञ्चालन हुँदै, टिम दर्ता खुला

रियाद, साउदी अरब । साउदी अरबमा क्रियाशील नेपालीहरूको प्रतिष्ठित खेलकुद संस्था सगरमाथा फुटबल क्लब (Sagarmatha FC) को आयोजनामा हुन लागेको '१०औं सगरमाथा गोल्ड कप २०२६' पुन: सञ्चालन हुने भएको छ । केही समयअघि स्थगित भएको यो प्रतियोगितालाई निरन्तरता दिने निर्णय गर्दै क्लबले टिम दर्ताका लागि आह्वान गरेको छ ।

"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिता साउदी अरबको वादी हनिफा फुटबल रंगशालामा हुनेछ । प्रतियोगिताको मिति र समय इदको बिदाको अवसर पारेर तय गरिने आयोजकले जनाएको छ ।

पुरस्कार र सुविधा: प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित ७,५०० साउदी रियाल नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, दोस्रो हुने टोलीले ३,८०० साउदी रियाल प्राप्त गर्नेछन् । प्रत्येक खेलमा 'म्यान अफ द म्याच' र विधागततर्फ उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कृत गरिनेछ ।

प्रतियोगिताका मुख्य नियमहरू:

१. खेल ११-A SIDE को ढाँचामा खेलाइनेछ, जसमा १८ जनाको टिम रहनेछ ।

२. टिम दर्ता शुल्क ५०० साउदी रियाल तोकिएको छ ।

३. खेलहरू फिफाको नियम अनुसार सञ्चालन हुनेछन् ।

४. खेल अवधिभर प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ ।

साउदी अरबभरि रहेका सम्पूर्ण नेपाली फुटबल क्लबहरूलाई यस प्रतियोगितामा सहभागी हुन आयोजकले हार्दिक अनुरोध गरेको छ । थप जानकारीका लागि किरण कुमार चौधरी (0562461236), विष्णु बुढाथोकी (0564975853), सुरज थिसिङ (0551036932) वा लक्ष्मण चौधरी (05750111261) लाई सम्पर्क गर्न सकिनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.