लेख विवरण

हङकङमा १६औं स्याङ्जा हङकङ कप भलिबल प्रतियोगिता हुने, खेल तालिका सार्वजनिक

हङकङमा १६औं स्याङ्जा हङकङ कप भलिबल प्रतियोगिता हुने, खेल तालिका सार्वजनिक

हङकङ । स्याङ्जा जनसेवा समिति हङकङको आयोजनामा आगामी मे १ तारिखमा '१६औं स्याङ्जा हङकङ कप २०२६' खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। सन् २००१ मा स्थापना भएको यस समितिले आफ्नो वार्षिक कार्यक्रम अनुसार यस वर्ष पनि भव्य रूपमा प्रतियोगिता आयोजना गर्न लागेको हो।

हङकङको तुएन मुन (Tuen Mun) मा आयोजना हुने उक्त प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ। प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूह (पुल ए र पुल बी) मा विभाजन गरिएको छ।

खेल तालिका विवरण:

पुल-ए:

  • खेल १: मकाउ नेपाल भलिबल संघ विरुद्ध बागलुङ समाज हङकङ

  • खेल ३: लमजुङ सेवा समिति विरुद्ध हलेसी क्लब हङकङ

पुल-बी:

  • खेल २: घान्द्रुक समाज हङकङ विरुद्ध पुन क्लब हङकङ

  • खेल ४: पर्वत क्लब हङकङ विरुद्ध आँधीखोला स्पोर्ट्स क्लब

समूह चरणका विजेताहरू बीच सेमिफाइनलका खेलहरू (खेल ५ र खेल ६) हुनेछन् भने सोही दिन फाइनल खेल (खेल ७) मार्फत विजेताको टुङ्गो लगाइने आयोजकले जनाएको छ।

प्रवासमा रहेका नेपालीहरू बीच भातृत्व र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितालाई हङकङ स्थित नेपाली समुदायले निकै चासोका साथ हेर्ने गरेका छन्। आयोजक समितिले सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई खेल अवलोकनका लागि उपस्थित हुन हार्दिक निमन्त्रणा समेत गरेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.