लेख विवरण

ब्राजिल र पेरु क्वाटरफाइनलमा प्रवेश

ब्राजिल र पेरु क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका २०२१ अन्तर्गत आज बिहान सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पेरुले पाराग्वेलाइ ४-३ को गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमा २-१ ले अग्रता लिएको पेरुले दोस्रो हाफको ५४ औँ मिनेटमा गोल रोक्न नसक्दा खेल बराबरीमा पुगेको थियो । खेलको ८० औ मिनेटमा पेरुले अर्को गोल गर्दै खेलमा पुन अग्रता कायम राखेको थियो ।

 

निर्धारित ९० मिनेटको खेलपछिको अतिरिक्त समयमा पाराग्वेले अर्को गोल गर्दै तिन तिन गोलको बराबरीमा खेल टुङगिएपछि अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा खेल पुगेको थियो । पेनाल्टी सुटआउटमा खेलको नतिजा ४-३ भएपछि पेरुले आफ्नो कोपा अमेरिका २०२१ को सेमिफाइनलको यात्रा तय गरेको हो ।

 

त्यसैगरी आजको दोस्रो क्वाटरफाइनल खेलमा ब्राजिल विजयी भएको छ । ब्राजिल र चिलिबिच भएको खेलमा ब्राजिलले १-० गोल अन्तररले चिलीलाई पराजित गरेको हो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.