लेख विवरण

एन्फा चुनाव विवादमा राखेप कडा, प्रक्रिया तुरुन्त रोक्न निर्देशन

एन्फा चुनाव विवादमा राखेप कडा, प्रक्रिया तुरुन्त रोक्न निर्देशन

काठमाडौँ, चैत ५ गते: अदालत तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनलाई बेवास्ता गर्दै चैत १३ गतेका लागि तय गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन रोक्न राखेपले पुनः एन्फालाई निर्देशन दिएको छ।

राखेपले बिहीबार पत्रमार्फत एन्फालाई निर्वाचनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया तत्काल रोक्न र तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

पंकज विक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फाले क्लब र जिल्ला तहको निर्वाचन नगरी ‘अर्ली इलेक्सन’ को नाममा पुरानै प्रतिनिधिहरूलाई समावेश गरेर निर्वाचन गराउन लागेको भन्दै सरोकारवालाहरूले निरन्तर विरोध जनाउँदै आएका छन्।

यसअघि एन्फाले फागुन २७ गतेका लागि निर्वाचन मिति घोषणा गरेको थियो। तर, उक्त निर्वाचन रोक्न निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुन सक्ने आशंकामा निर्देशन दिएपछि निर्वाचन स्थगित गरिएको थियो।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.