लेख विवरण

विदेशी खेलाडी विवादपछि राष्ट्रिय लिग अनिश्चितकालका लागि स्थगित

विदेशी खेलाडी विवादपछि राष्ट्रिय लिग अनिश्चितकालका लागि स्थगित

काठमाडौँ, चैत ५ गते: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरेको छ।

अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकलाई खेलकुद गतिविधिमा सहभागी नगराउन निर्देशन दिएसँगै एन्फाले लिग स्थगित गर्ने निर्णय गरेको हो। हाल लिगमा सहभागी केही क्लबहरूले श्रम स्वीकृति बिना विदेशी खेलाडी प्रयोग गरिरहेको विषय उठेपछि यो कदम चालिएको बुझिएको छ।

स्रोतका अनुसार, विदेशी खेलाडीको सहभागितासम्बन्धी उजुरी परेपछि अध्यागमन विभागले एन्फा, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गर्दै स्पष्ट निर्देशन दिएको थियो।

यसैबीच, बुधबारदेखि सुरु भएको सहिद स्मारक महिला लिगमा समेत विदेशी खेलाडी सहभागी गराइएको विषयले थप विवाद सिर्जना गरेको छ।

एन्फाले भने औपचारिक रूपमा जारी गरेको विज्ञप्तिमा ‘प्राविधिक कारण’ देखाउँदै अर्को सूचना नभएसम्मका लागि लिग स्थगित गरिएको जनाएको छ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.