काठमाडौं । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा हुन लागेको बहुप्रतिक्षित “तेस्रो एनआरएनए फुटसल रनिङ कप २०२६” को आधिकारिक टाइसिट सार्वजनिक गरिएको छ।
जापानमा बसोबास गर्ने नेपाली समुदायलाई खेलमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित आयोजना गरिन लागेको यस प्रतियोगिता केवल खेलकुदमा सीमित नभई आपसी सम्बन्ध, सहकार्य र सद्भावलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी टिमहरू विभिन्न समूहमा विभाजन भई प्रतिस्पर्धा गर्नेछन्। खेलका क्रममा खेल भावना, अनुशासन र मित्रताको सन्देश प्रवाह गरिने विश्वास आयोजकको छ।
आगामी अप्रिल ५, २०२६ मा जापानको शिजुओका (फुजी क्षेत्र) मा हुने यस फूटसल प्रतियोगिताले नेपाली समुदायलाई एउटै मंचमा ल्याउने अपेक्षा गरिएको छ।
आयोजकले प्रतियोगितामा सहभागी सबै टिमहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै सम्पूर्ण खेलप्रेमी तथा नेपाली समुदायलाई उपस्थित भई कार्यक्रमलाई भव्य बनाउन आग्रह गरेको छ।
खेलमार्फत एकता, सहकार्य र नेपाली पहिचानलाई अझ सशक्त बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो।
टिप्पणी लेख्नुहोस्