लेख विवरण

आईपीएल २०२३ मा पञ्जाबको विजयी सुरुवात

आईपीएल २०२३ मा पञ्जाबको विजयी सुरुवात

काठमाडौंँ । आइपिएल–१६ मा पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ । वर्षाका कारण रोकिएको खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सलाई डकवर्थ लुइस पद्धति अनुसार ७ रनले पराजित गरेको हो ।

मोहालीको मैदानमा कोलकाताले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १९१ रन बनायो । जवाफमा कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएपछि खेल वर्षाको कारणले रोकियो ।

पहिलो इनिङ्सको पावर प्लेमा पञ्जाबका लागि ओपनर प्रभसिमरन सिंहले टोलीलाई आक्रमक सुरुवात दिलाए । उनले १२ बलमा १९१.६७ को स्ट्राइक रेटमा २३ रन बनाए । पछि कप्तान धवन र भानुका राजपाक्षेले टोलीलाई अगाडी डोर्याए । प्रभसिमरनलाई टिम साउदीले विकेटकिपर गुरबाजको हातमा कैच आउट बनाए । यसअघि साउदीको ओभरमा प्रभसिमरनले ५ बलमा १४ रन बनाएका थिए ।

श्रीलंकाका ब्याट्सम्यान भानुका राजपाक्षे र कप्तान शिखर धवनले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे । दुवैले ५५ बलमा ८६ रन जोडे। यो साझेदारीले टोलीलाई पहिलो झट्काबाट राहत मिल्यो । पञ्जाबलाई पहिलो झटका २३ रनमै लागेको थियो ।

पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । श्रीलंकाका ब्याट्सम्यान भानुका राजपाक्षेले ३२ बलमा ५० रन बनाए भने कप्तान शिखर धवनले २९ बलमा ४० रन बनाए । केकेआरका लागि टिम साउदीले दुई विकेट लिए । उमेश यादव, सुनिल नरेल र वरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।

१९२ रनको लक्ष्य पछ्याएको कोलकाताको सुरुवात राम्रो भएन । टोलीले पहिलो ६ ओभरमा ३ विकेट गुमाएर ४६ रन बनाएको थियो । आन्द्रे रसेलले १९ बलमा ३५ र वेंकटेश अय्यरले २८ बलमा ३४ रन जोडे तर यो इनिङ्स टोलीलाई जित दिलाउन पर्याप्त भएनन् । कप्तान नितिश राणाले २४ रनको योगदान दिए । कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १४६ रन बनाएको थियो । टोलीलाई जितका लागि २४ बलमा ४६ रन आवश्यक थियो र ३ विकेट बाँकी थियो । तर बर्षा नरोकिएपछि खेल पञ्जाबको पक्षमा गयो ।

पञ्जाबका लागि फास्ट बलर अर्शदीप सिंहले उत्कृष्ट बलिङ गरे । उनले आफ्नो पहिलो ओभरमा मनदीप सिंह (२ रन) र अनुकुल रोय (४ रन) लाई आउट गरे । त्यसपछि अर्धशतकतर्फ लागेका भेङ्कटेश अय्यर (३४ रन)लाई पनि प्याभिलियन फर्काए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.