आईपीएल २०२३ : आजको खेलमा धोनीलाई कीर्तिमान बनाउने मौका
काठमाडौंँ । आईपीएल २०२३ को छैटौं खेलमा आज चेन्नई सुपर किंग्स (सीएसके)ले लखनऊ सुपरजायन्ट्स (एलएसजी)को टोलीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा सीएसकेले गुजरातसँग हार बेहोरेको थियो । यस्तो अवस्थामा सीएसकेले आजको खेल जितेर प्रतियोगितामा अगाडी बढ्न चाहन्छ। आजको खेलमा सीएसकेका कप्तान धोनीले विशेष कीर्तिमान बनाउन सक्छन् ।
यदि धोनीले ब्याटिङ गर्दै आज ८ रन बनाउन सफल भएमा उनी आईपीएलमा ५ हजार रन बनाउने सातौं खेलाडी बन्नेछन् । यसअघि उनले आईपीएलको २३५ खेलमा ४ हजार ९ सय ९२ रन बनाएका छन् जसमा २४ अर्धशतक समावेश छ ।
आईपीएलमा सबैभन्दा धेरै रन विराट कोहलीको नाममा छ । कोहलीले ६ हजार ७सय ६ रन बनाएका छन् । दोस्रो नम्बरमा शिखर धवन छन्, जसको हाल ६ हजार २सय ८४ रन छ। यसबाहेक डेभिड वार्नर तेस्रो नम्बरमा छन् । वार्नरले अहिलेसम्म ५ हजार ९सय ३७ रन बनाएका छन् ।
रोहित शर्माले आईपीएलमा ५ हजार ८सय ८०, सुरेश रैनाले ५ हजार ५सय २८ र एबी डिभिलियर्सले ५ हजार १सय ६२ रन बनाएका छन् । अर्थात् धोनीसँगै यी ब्याट्सम्यानहरुको सूचीमा सामेल हुने मौका छ ।
आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीहरु
| १ | विराट कोहली | ६,७०६ रन |
| २ | शिखर धवन | ६,२८४ रन |
| ३ | डेविड वॉर्नर | ५,९३७ रन |
| ४ | रोहित शर्मा | ५,८८० रन |
| ५ | सुरेश रैना | ५,५२८ रन |
Write A Comment