नेपाल सम्मिलित एसियाडका लागि भारतीय क्रिकेट टोली घोषणा
काठमाडौंँ । एसियाली खेलकुद २०२३ (एसियाड) का लागि बीसीसीआईले शुक्रबार भारतीय पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ । रुतुराज गायकवाडको कप्तानीमा भारतीय टोली पहिलो पटक एसियाडमा सहभागी हुन लागेको हो । आईपीएल स्टार खेलाडी यशस्वी जैसवाल र रिंकु सिंह पनि टोलीमा परेका छन् । शिखर धवनलाई भने एसियाड टोलीमा स्थान दिइएको छैन।
एसियाली खेलकुदमा पुरुष क्रिकेट प्रतियोगिता २८ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म टी–२० फर्म्याटमा हुनेछ । बीसीसीआईले एसियाली खेलकुदमा पुरुष र महिला दुवै टोली पठाउने यसअघि नै घोषणा गरेको थियो। एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै बीसीसीआईले सिनियर खेलाडी छनोट गरेको छैन ।
टोलीबाट शिखर धवन पूर्ण रुपमा बाहिरिएका छन् । मिडिया रिपोर्टका अनुसार यसअघि उनलाई टिमको कप्तान बनाउने खबर बाहिरिएको थियो । तर बीसीसीआईले आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई टोलीमा समावेश गरेको छ । तिलक वर्मा, प्रभसिमरन सिंह र जितेश शर्मा जस्ता युवा खेलाडीलाई मौका दिइएको छ ।
१९ औं एसियाली खेलकुदका लागि भारतीय टोली : रुतुराज गायकवाड (कप्तान), यशस्वी जैस्वाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकीपर), वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी, शिवम दुबे र प्रभसिमरन सिंह (विकेट किपर) ।
स्ट्यान्डबाइ खेलाडीहरू : यश ठाकुर, साई किशोर, वेंकटेश अय्यर, दीपक हुड्डा र साई सुदर्शन।
थप समाचार :
भेन्ड्रोसोभा पहिलोपटक विम्वल्डनको फाइनलमा
एन्फाले यु–१६ राष्ट्रिय टोली निर्माणका लागि खुला छनौट गर्दै
उदयपुरमा झरी च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु
यू–१६ लिग फुटबल : उद्घाटन खेलमा पुलिस विजयी
एसियाली जुनियर टेटेमा पाँच खेलाडी सहभागी हुने
यश धुलको शतकमा भारतले युएईलाई हरायो

टिप्पणी लेख्नुहोस्