Article detail

एकदिवसीय अन्तर्राष्ट्रिय करिअरमा आसिफको १ हजार रन पुरा

एकदिवसीय अन्तर्राष्ट्रिय करिअरमा आसिफको १ हजार रन पुरा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर तथा ओपनर आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय करिअरमा १ हजार रन पूरा गरेका छन्।

टियू मैदान कीर्तिपुरमा भइरहेको आइसिसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा उनले ९० रन बनाएसँगै एक हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बन्न सफल भए। यसअघि यो किर्तिमान राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले लिग(२ अन्तर्गत नै नामिबियाविरुद्धको खेलमा बनाएका थिए ।

आसिफले ओडिआईको ३२ खेलमा १ हजार रन पूरा गरेका हुन्। आसिफपछि रोहित पौडेलले ओडिआइको ४१ खेलमा ७ अर्धशतक र १ सतकसहित १ हजार १ सय ६९ रन बनाएर खेलीरहेका छन्।

 

Write A Comment

Please Login to comment.