Article detail

एकदिवसीय क्रिकेटमा कुशलको पहिलो सतक

एकदिवसीय क्रिकेटमा कुशलको पहिलो सतक

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपालका अलराउन्डर कुशल मल्लले पहिलो सतक प्रहार गरेका छन । काठमाडौंमा जारी एसीसी प्रिमियर कप अन्तर्गत ओमान बिरुद्धको खेलमा मल्लले सतक प्रहार गरेका हुन । उनले ५९ बलमा ९ चौंका र ९ छक्का प्रहार गर्दै १०१ रन बनाए ।

कम उमेरमा एकदिवसीय क्रिकेटमा सतक प्रहार गर्ने उनी विश्वकै सातौं खेलाडी बनेका छन । मल्लले १९ बर्ष ४७ दिनमा यो किर्तिमान बनाएका हुन । यसअघि नेपालबाट रोहित पौडेलले यो किर्तिमान बनाएका थिए । उनले १९ बर्ष २ सय दिनमा यो किर्तिमान बनाएका थिए ।

कम उमेरमा एकदिवसीय क्रिकेटमा सतक प्रहार गर्ने खेलाडीमा पहिलो स्थानमा पाकिस्तानका शाहिद अफ्रिदी रहेका छन । उनले १६ बर्ष २ सय १७ दिनमा श्रीलंका बिरुद्ध सतक प्रहार गरेका थिए ।

 

Write A Comment

Please Login to comment.