Article detail

एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म हुने सम्भावना

एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म हुने सम्भावना

काठमाडौंँ । भारतमा हुन लागेको एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म हुने सम्भावना रहेको छ । ईएसपीएनक्रिकइन्फोका अनुसार बीसीसीआईले १० टोलीको प्रतियोगिताको लागि कम्तिमा एक दर्जन स्थानहरू सर्टलिस्ट गरेको छ। साथै, फाइनल विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम अहमदाबादमा हुने सम्भावना छ।

अहमदाबाद बाहेक, सर्टलिस्ट गरिएका स्थानहरूमा बेंगलुरु, चेन्नई, दिल्ली, धर्मशाला, गुवाहाटी, हैदराबाद, कोलकाता, लखनऊ, इन्दोर, राजकोट र मुम्बई समावेश छन्। ४६ दिनसम्म चल्ने प्रतियोगितामा तीन नकआउटसहित ४८ खेल हुनेछन् ।

उपाधि खेल बाहेक, बीसीसीआईले कुनै पनि खेल स्थानको बारेमा अझै स्पष्ट पारेको छैन। वार्मअप खेलका लागि दुई वा तीन सहर छनोट हुन बाँकी छ । भारतका विभिन्न भागमा विभिन्न समयमा मनसुन भित्रिने समस्याका कारण स्थान छनोटमा ढिलाइ भएको हो ।

सामान्यतया, आईसीसीले एक वर्ष पहिले नै विश्वकपको तालिका घोषणा गर्ने गर्दछ, तर यस पटक बीसीसीआईले भारत सरकारबाट लिने आवश्यक स्वीकृतिको लागि पर्खिरहेको छ। प्रतियोगिताका संचालन गर्नका लागि दुई प्रमुख मुद्दाहरू अगाडी आएका छन्ः १.प्रतियोगिताको लागि कर छुट र पाकिस्तानको लागि भिसा क्लियरेन्स। आईसीसी इभेन्टहरु बाहेक पाकिस्तानले सन् २०१३ पछि भारतमा कुनै खेल खेलेको छैन।

गत साता दुबईमा सम्पन्न आईसीसीको त्रैमासिक बैठकमा बीसीसीआईले विश्व निकायलाई पाकिस्तानी टोलीका लागि भिसा भारत सरकारले क्लियर गर्ने आश्वासन दिएको बुझिएको छ।

कर छुटको बिषयमा बीसीसीआईले छिट्टै आईसीसीलाई भारत सरकारले लिएको सही अडान बारे अपडेट गर्ने आश गरिएको छ। कर छुट बीसीआईले सन् २०१४ मा आईसीसीसँग गरेको होस्टिङ सम्झौताको अंश हो। त्यसबेला भारतले पुरुषको तीनवटा आईसीसी प्रतियोगिताहरू पाएको थियोः २०१६ टी २० विश्वकप, २०१८ च्याम्पियन्स ट्रफी र २०२३ विश्वकप। सन् २०१८ को च्याम्पियन्स ट्रफी पछि २०२१ को टी २० विश्वकपको रूपमा नामकरण गरियो। कोरोना महामारीका कारण यो प्रतियोगिता युएई र ओमानमा सारिएको थियो ।

सम्झौता अनुसार, आईसीसी र प्रतियोगितामा संलग्न सबै व्यावसायिक साझेदारहरूलाई कर छुट प्राप्त गर्ने 'बाध्यकारी' नियम छ।

 

 

 

Write A Comment

Please Login to comment.