लेख विवरण

एसियाली खोखो च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

एसियाली खोखो च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

काठमाडौँं । भारतमा सम्मपन्न एसियाली खोखो च्याम्पियनशिपको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ । बिहीबार भएको फाइनलमा भारतीय पुरुष टोलीले नेपाललाई ६ अंक र एक इनिङ्सले पराजित गरेको थियो भने भारतीय महिला टोलीले नेपाललाई ३३ अंक र एक इनिङले पराजित गरेको थियो ।

यसअघि सेमिफाइनलमा भारतीय पुरुषले श्रीलंकालाई ४५ अंकले पराजित गरेको थियो। दोस्रो सेमिफाइनलमा नेपालले बंगलादेशलाई डेढ मिनेट बाँकी रहँदा १२ अंकले पराजित गरेको थियो ।

महिलातर्फ भारतले बंगलादेशलाई ४९ अंक र एक इनिङ्सले पराजित गरेको छ । दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई एकतर्फी ५९ अंक र एक इनिङ्सले हराएको थियो ।

प्रतियोगितामा पुरुष र महिला गरि १६ टोलीले सहभागीता जनाएका थिए। प्रतियोगितामा करिब ५ सय खेलाडी तथा अधिकारीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता भारतीय खो(खो महासंघले आयोजना गरेको थियो ।

 

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

टिप्पणी लेख्नुहोस्

Please Login to comment.