लेख विवरण

क्याम प्रिमियर लिग : अमडाब्लम ब्लेजर १०१ रनले विजयी

क्याम प्रिमियर लिग : अमडाब्लम ब्लेजर १०१ रनले विजयी

न्यू साउथ वेल्स । क्याम युथ एसोसिएनको आयोजनामा अष्ट्रेलियामा जारी क्याम प्रिमियर लिगमा अमडाब्लम ब्लेजर विजयी भएको छ । आइतवार भएको खेलमा अमडाब्लमले आयोजक क्याम युथ क्रिकेट क्लबलाई १०१ रनले पराजित गरेको हो ।

ब्रेसिंगटन पार्कमा टस हारेर ब्याटिङ गरेको अमडाब्लमले निर्धारित १८ ओभरको खेलमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो । टोलीका लागि शम्भु हमालले सर्वाधिक ५५ रन योगदान दिए । अर्धसतक बनाएका हमालले २८ बलमा ४ चौंका र ३ छक्का प्रहार गरे । ओपनर मोहम्मद जफार अन्सारीले ३० बलमा ३६ रन बनाए । मोहम्मद असरफ खान (१९), दिप राना (१५) र रबिन रेग्मीले (६) रन बनाए । सन्दीप पौडेल (८) र ग्यापन रेग्मी (१) रनमा अविजित रहे । क्याम युथका लागि बलिङमा नविन भट्टले २ विकेट लिए । बिशाल चौधरी, सुर्दशन थापा, बिजय डी र मुस्कान पाण्डेले समान १–१ विकेट लिए ।

अमडाब्लमले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा क्याम युथको टोली १४ ओभरमा ५६ रन बनाउदै अलआउट भयो । टोलीका लागि रोशन पोखरेल (११) र मुस्कान पाण्डेले अविजित (१२) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । क्याम युथलाई सस्तैमा समेटन अमडाब्लमका ग्यापन रेग्मीले किफायती बलिङ गर्दै ३ ओभरमा मात्र ६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । सुबोध बस्नेतले पनि ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । सागर थापाले २ विकेट लिदा मोहम्मद जफार अंसारीको नाममा एक विकेट रह्यो । खेलको प्लेयर अफ द म्याच अमडाब्लमका शम्भु हमाल भए ।

क्याम युथ एसोसिएनको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ सुरुवात भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमि क्रिकेट क्लब, वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबको सहभागिता रहेको छ ।

त्यस्तै बाउन्ड्री लाइन क्रिकेट क्लब, द कंगारु क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, अम्दाबलम ब्लेजर्स क्रिकेट क्लब, एक्स्ट्राटेच क्रिकेट क्लबले प्रतियोगितामा सहभागिता जनाएका छन ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.