लेख विवरण

क्याम प्रिमियर लिग : वेस्ट युनाइटेड क्रिकेट क्लब ३१ रनले विजयी

क्याम प्रिमियर लिग : वेस्ट युनाइटेड क्रिकेट क्लब ३१ रनले विजयी

न्यू साउथ वेल्स । क्याम युथ एसोसिएनको आयोजनामा अष्ट्रेलियामा जारी क्याम प्रिमियर लिगमा वेस्ट युनाइटेड क्रिकेट क्लब विजयी भएको छ । आइतवार भएको खेलमा वेस्ट युनाइटेडले एक्स्ट्राटेक क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको हो ।

ब्रेसिंगटन पार्कमा टस हारेर ब्याटिङ गरेको वेस्ट युनाइटेडले निर्धारित १८ ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ५१ रन बनायो । टोलीका लागि ओपनर बिलाल कुरैशीले ७० रनको आक्रमक पारी खेले । अर्धसतक बनाएका बिलालले ४७ बलको समाना गर्दैै ५ चौंका र ४ छक्का प्रहार गरे । अन्य खेलाडीहरुमा मौसफ राना (२०) रन बनाउदा सन्दीप शर्मा र कप्तान कृतन ताम्राकारले समान १९–१९ रन बनाए । एक्स्ट्राटेकका लागि आदित्य महताले सर्वाधिक ४ विकेट लिए । रामसुरत यादव, अनिल साहु र नितेश सिंहले समान १–१ विकेट लिए ।

वेस्ट युनाइटेडले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याउने क्रममा एक्स्ट्राटेकको टोली १६.३ ओभरमा १ सय २० रन बनाउदै अलआउट भयो । टोलीका लागि सुवर्ण बिष्ट (२८) र नितेश सिंहले (१५) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । एक्स्ट्राटेकलाई अलआउट बनाउन वेस्ट युनाइटेडका कप्तान कृतन ताम्राकारले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । बिबेक केसीले २ विकेट लिए । सरोज जंग केसी र आर्जेन अर्यालले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच वेस्ट युनाइटेडका बिलाल कुरैशी भए ।

क्याम युथ एसोसिएनको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ सुरुवात भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमि क्रिकेट क्लब, वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबको सहभागिता रहेको छ ।

त्यस्तै बाउन्ड्री लाइन क्रिकेट क्लब, द कंगारु क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, अम्दाबलम ब्लेजर्स क्रिकेट क्लब, एक्स्ट्राटेच क्रिकेट क्लबले प्रतियोगितामा सहभागिता जनाएका छन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.