लेख विवरण

विश्वकप छनोट प्लेअफः जर्सीले पायो २ सय ३९ रनको लक्ष्य

विश्वकप छनोट प्लेअफः जर्सीले पायो २ सय ३९ रनको लक्ष्य

काठमाडौंँ । नामिबियामा जारी आईसीसी एकदिवसीय विश्वकप प्लेअफको तेस्रो खेलमा जर्सीले २ सय ३९ रनको लक्ष्य पाएको छ । टस जितेर बलिङ गरेको जर्सीलाई क्यानडाले २ सय ३९ रनको लक्ष्य दिएको हो ।

विन्डहोकमा टस हारेर ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउदै २ सय ३८ रन बनायो । टोलीका लागि श्रीमन्थ विजेरत्नेले सर्वाधिक ६३ रन बनाए । एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने क्रममा उनले पहिलो अर्धसतक प्रहार गरे । निखिल दत्तले ५६ रन बनाए । उनले पनि आफ्नो एकदिवसीय करियरको पहिलो अर्धसतक प्रहार गरे । हर्ष ठाकर (२७), निकोलस किर्टन (१३), परगट सिंह (११) रन बनाएर आउट भए । रविन्द्रपाल सिंह (२१) र कलीम साना (६) रनमा अविजित रहे ।

जर्सीका लागि बलिङमा चार्ल्स पर्चार्डले सर्वाधिक ३ विकेट लिए । जुलियस सुमेराउर र बेन्जामिन वार्डले समान २-२ विकेट लिए । एन्थोनी हकिन्सको नाममा एक विकेट रह्यो ।

आजको खेलबाट जर्सीले एकदिवसीय क्रिकेट डेब्यु गरेको छ । आईसीसीले एकदिवसीय विश्वकप प्लेअफका खेलहरुलाई एकदिवसीय मान्यता प्राप्त दिएकोले जर्सीले डेब्यु गर्ने मौका पाएको हो । क्यानडाले पनि करिब ८ बर्षपछि एकदिवसीय मान्यता प्राप्त खेल खेल्ने अवसर पाएको हो । २ सय ३९ रनको लक्ष्य पाएको जर्सीले अब केहिबेरमा ब्याटिङ गर्दैछ ।

प्रतियोगितामा पहिलो र दोस्रो हुने टोलीले एकदिवसीय विश्वकपक छनोट खेल्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.