लेख विवरण

टेस्ट क्रिकेटमा १६ औं पटक ब्रोडको शिकार बने वार्नर

टेस्ट क्रिकेटमा १६ औं पटक ब्रोडको शिकार बने वार्नर

काठमाडौंँ । इंग्ल्याण्ड र अस्ट्रेलियाबीच लिड्सको हेडिङ्लेमा एसेज सिरीज अन्तर्गतको तेस्रो टेस्ट खेल जारी छ । खेलमा टस जितेर पहिले बलिङ गर्ने इंग्ल्यान्डको निर्णय सहि साबित भएको छ । लंचसम्म इंग्ल्यान्डले अस्ट्रेलियाको चार खेलाडीलाई आउट बनाएको छ ।

यस क्रममा स्टुअर्ट ब्रोडले दुई विकेट लिएका छन् । ब्रोडले अष्ट्रेलियाका बायाँ हाते ब्याट्सम्यान डेभिड वार्नरलाई फेरि एकपटक आफ्नो शिकार बनाएका छन् ।

टेस्ट क्रिकेटमा ब्रोडले वार्नरको विकेट लिएको यो १६ औं पटक हो । ब्रोड र वार्नरबीच रोमाञ्चक लडाई टेस्ट क्रिकेट प्रायः चलिरहन्छ । तर यो लडाईमा ब्रोड सधैं वार्नरमाथी हावी बनेका हुन्छन। वार्नरलाई टेस्ट क्रिकेटमा अहिलेसम्म सबैभन्दा धेरै पटक आउट गर्ने बलर ब्रोड नै हुन्।

टेस्ट क्रिकेटमा वार्नरलाई सबैभन्दा धेरै पटक आउट गर्ने शीर्ष ५ बलरहरु :

स्टुअर्ट ब्रोड (इंग्ल्याण्ड) – १६ पटक
आर अश्विन (भारत) – ११ पटक
जेम्स एन्डरसन (इंग्ल्याण्ड) – १० पटक
कागिसो रबाडा (दक्षिण अफ्रिका) – ६ पटक
उमेश यादव (भारत) – ६ पटक ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.