Article detail

एसिसी इमर्जिङ कपअन्तर्गत नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

एसिसी इमर्जिङ कपअन्तर्गत नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

काठमाडौं- एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गर्न लागेको एसिसी इमर्जिङ कपअन्तर्गत नेपालले पहिलो खेल पाकिस्तान ‘ए’ सँग खेल्ने भएको छ।

एसिसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार १४ जुलाईमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तान ‘ए’ विरूद्ध खेल्ने भएको हो।

एसिसी इमर्जिङ कप आगामी १३ जुलाईदेखि श्रीलंकामा हुँदैछ। प्रतियोगिता २३ जुलाईसम्म चल्ने छ।

‘बी’ समूहमा रहेको नेपालसँग युएई, भारत ‘ए’ र पाकिस्तान ‘ए’ रहेका छन्।

त्यस्तै समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्।

टेस्ट राष्ट्रका पाँच टोलीले इमर्जिङ कपका लागि २३ वर्षमुनिको टिम पठाएका छन् भने एसोसिएट राष्ट्रबाट भने राष्ट्रिय टिम नै खेल्नेछ।

पहिलो खेल पाकिस्तानसँग खेल्ने नेपालले दोस्रो खेल १७ जुलाईमा भारत ‘ए’ सँग खेल्नेछ।

त्यस्तै १९ जुलाईमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ।

सेमिफाइनलसम्म पुग्न नेपाल शीर्ष दुईमा रहनुपर्ने हुन्छ। प्रतियोगिताको सेमिफाइन २१ जुलाई र फाइन २२ जुलाईमा हुनेछ।
एसिसीले एसोसिएट टिमलाई अनुभव बटुल्न इमर्जिङ टिम्स आयोजना गर्न लागेको हो।

नेपालले इमर्जिङ टिम्सका लागि अन्तिम टोली घोषणा गरिसकेको छैन।

दुई महिनाअघि एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाल इमर्जिङ कपका लागि स्थान सुरक्षित गरेको थियो।

भारतले यश धुलको नेतृत्वमा टिम घोषणा गरेको छ। त्यस्तै पाकिस्तानले मोहम्मद हरिसको कप्तानीमा इमर्जिङ टिम्स एसिया कप खेल्ने घोषणा गरेको छ।

 

Write A Comment

Please Login to comment.