प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा महिला सेल्फ डिफेन्स तालिम सम्पन्न
विराटनगर । महिलाहरुको आत्मरक्षाका लागि विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम शनिबार सम्पन्न भएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको दुई दिने महिला सेल्फ डिफेन्स तालिम शुक्रबार र शनिबार विराटनगरमा भएको थियो । पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरुको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको बताइएको छ ।
महिलाहरु घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान, कसरी आफूलाई बचाउ गर्नेबारेमा प्रशिक्षण दिइएको थियो । आफू हिंसामा परे कसरी आफूलाई आत्मरक्षा गराउने विषयमा प्रशिक्षण दिँदै प्रयोगात्मक अभ्याससमेत गराइएको थियो ।
आत्मरक्षा तालिममा सुनसरी र मोरङका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । कक्षा ९ र १० मा अध्ययनरत १ सय ५० भन्दा बढी छात्राहरुले भाग लिएका थिए । काठमाडौं र प्रदेशका ५ जना प्रशिक्षकहरुले उनीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि एनआरएनकी पूर्व अध्यक्ष रोजिना प्रधान राई, प्रदेश खेलकुद बोर्डकी उपाध्यक्ष जीना कार्की, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य विनोद डाँगीलगायतले प्रशिक्षणका सहभागीहरुलाई शुभकामना दिँदै तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन आग्रह गरे ।
थप समाचार :
‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न
कोर्नवाल र वारिकन टोलीमा फर्किए
उजीरसिंह खेलकुद रङ्गशाला निर्माणमा ढिलाइ
Write A Comment