Article detail

बंगलादेशलाई पराजित गर्दै अफगानिस्तानले जित्यो एकदिवसीय सिरिज

बंगलादेशलाई पराजित गर्दै अफगानिस्तानले जित्यो एकदिवसीय सिरिज

काठमाडौंँ । दोस्रो एकदिवसीय खेलमा अफगानिस्तानले बंगलादेशलाई १४२ रनले पराजित गर्दै ३ खेलको सिरिजमा २–० को अग्रता लिएको छ । यो सँगै एक खेल अगावै अफगानिस्तानले सिरिज आफ्नो नाम गरेको छ ।

चटगांवमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ९ विकेटको क्षतिमा ३३१ रन बनाएको थियो ।

जवाफमा मुश्फिकुर रहिमको अर्धशतक (६९) को बावजुद बंगलादेश १८९ रनमा अलआउट भयो ।

अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले १४५ र इब्राहिम जादरानले १०० रनको योगदान दिए ।

यसबाहेक मोहम्मद नाबीले १५ बलमा अविजित २५ रन बनाएपछि अफगानिस्तानले बंगलादेशलाई जितका लागि ३३२ रनको लक्ष्य दिएको थियो ।

जवाफमा बंगलादेशले ६ विकेट गुमाएर ७२ रन बनाएको थियो । टोलीका लागि मुश्फिकुरले कठिन समयमा संघर्ष गरे पनि बंगलादेशलाई जिताउन सकेनन् ।

आजका खेलमा अफगानिस्तानले विदेशी भूमिमा आफ्नो उच्चतम स्कोर (३३१र९) रेकर्ड बनायो। यसअघि सन् २०२२ मा श्रीलङ्काविरुद्ध अफगानिस्तानले ८ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो ।

अफगानिस्तानका रहमानुल्लाह गुरबाजले आफ्नो एकदिवसीय करियरको चौथो शतक प्रहार गरे । उनले १ सय २५ बलमा १३ चौका र ८ छक्काको मद्दतमा १ सय ४५ रन बनाए ।

गुरबाजको पारी (१४५ रन) अफगानिस्तानको एकदिवसीय फर्म्याटमा दोस्रो उच्च व्यक्तिगत स्कोर बन्यो।

बंगलादेशविरुद्ध विकेटकिपर ब्याट्सम्यानले खेलेको यो चौथो उच्च इनिङ हो । यो सूचीमा दिनेश रामदीन (१६८), क्विन्टन डि कक (१५९) र शाई होप (१४६) रन बनाएर अगाडि रहेका छन्।

अफगानिस्तानका सर्वाधिक विस्फोटक ब्याट्सम्यानमध्येका एक जादरानले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए । उनले ११९ बलमा ८४.०३ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै १०० रन बनाएका थिए ।

आफ्नो पारीमा उनले ९ चौका र १ छक्का प्रहार गरेका थिए ।

एकदिवसीय करियरको १३ इनिङमा उनले ६७.९१ को औसत र ८६.०६ को स्ट्राइक रेटमा ७४७ रन बनाएका छन् भने दुई पटक अविजित रहेका छन् ।

गुरबाजले जादरानसँग पहिलो विकेटका लागि २ सय ५६ रनको साझेदारी गरेका थिए । अफगानिस्तानको कुनै पनि विकेटका लागि यो सबैभन्दा ठूलो साझेदारी बनेको छ ।

यो जोडीले मोहम्मद शहजाद र करिम सादिकको २१८ रनको रेकर्ड (दोस्रो विकेटका लागि) तोडेका छन् ।

गुरबाज र जादरानको यो साझेदारी बंगलादेशविरुद्धको दोस्रो सर्वाधिक ओपनिङ साझेदारी बनेको छ ।

बलिङतर्फ बंगलादेशका शकिब अल हसनले १० ओभरमा ५० रन खर्चेर २ विकेट लिए । यसबीचमा उनले ठूलो उपलब्धि हासिल गरे ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु मैदानमा खेल्दै ४०० विकेट पूरा गरे र यस्तो गर्ने पहिलो बायाँ हाते स्पिनर बने।

शाकिबले घरेलु मैदानमा अहिलेसम्म कुल २११ अन्तर्राष्ट्रिय म्याच (सबै फर्म्याटमा) खेलेका छन्, जसमा २५.४३ को औसत र ३.५८ को इकोनोमी रेटमा ४०१ विकेट लिएका छन् ।

शाकिब घरेलु मैदानमा खेल्दै अन्तर्राष्ट्रिय खेलमा ४०० विकेट लिने पाँचौं स्पिन बलर (पहिलो बायाँ हाते) बनेका छन् ।

श्रीलंकाका पूर्व लिजेन्ड मुथैया मुरलीधरन घरेलु क्रिकेटमा सर्वाधिक विकेट (६४७) लिने बलर हुन् ।

उनीपछि अनिल कुम्बले (४७६), शेन वार्न (४५३) र रविचन्द्रन अश्विन (४२४) छन् ।

अनुभवी ब्याट्सम्यान मुश्फिकुर रहिमले आजको खेलमा एकदिवसीय करियरको ४५ औं अर्धशतक पूरा गरे । लक्ष्य पछ्याउने क्रममा उनले ८५ बलमा ६ चौकासहित ६९ रन बनाए ।

उनले अन्तिम सम्म संघर्ष गरे र अन्तिम ब्याट्सम्यानको रूपमा आउट भए।

रहिम बंगलादेशका लागि २५० औं एकदिवसीय खेल खेल्ने पहिलो खेलाडी बनेका छन् ।

अफगानिस्तानले पछिल्लो ८ वर्षमा घरेलु मैदानमा बंगलादेशलाई एकदिवसीय शृंखलामा पराजित गर्ने दोस्रो टोली बनेको छ । यसअघि इंग्ल्यान्डले यो किर्तिमान बनाएको थियो ।

 

थप समाचार :

अफगानिस्तानले बनायो ठूलो कीर्तिमान

विश्वकपबारे निर्णय गर्न प्रधानमन्त्रीद्वारा उच्चस्तरीय समिति गठन

कोर्नवाल र वारिकन टोलीमा फर्किए

घोषणा गरेको १६ महिनापछि क्रिकेट खेलाडीले पाए पुरस्कार

 

 

 

Write A Comment

Please Login to comment.