Article detail

मकवानपुर जिल्ला क्रिकेट संघद्धारा सदस्यता नवीकरण तथा नयाँ सदस्यताका लागि आव्हान

मकवानपुर जिल्ला क्रिकेट संघद्धारा सदस्यता नवीकरण तथा नयाँ सदस्यताका लागि आव्हान

हेटौडा । मकवानपुर जिल्ला क्रिकेट संघले सदस्यता नवीकरण तथा नयाँ सदस्यताका लागि सूचना आव्हान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले निर्वाचनको मिति घोषणा गरेसँगै प्रदेश तथा जिल्ला संघहरु निर्वाचनको तयारीमा जुटेका छन् । आगामी असोज ५ र ६ गते हुने केन्द्रीय महाधिवेशनका लागि क्यानले साउन महिनाभित्र जिल्ला संघ र भदौको दश गतेभित्र प्रदेशको अधिवेशन गर्नुपर्ने निर्णय गरेको छ ।

निर्वाचनको मिति नजिकिदै गर्दा मकवानपुर जिल्ला क्रिकेट संघ पनि निर्वाचनको तयारीमा जुटेको छ । क्यानको निर्णय अनुसार जिल्ला अधिवेशन गर्नुपर्ने भएकोले संघको विधान २०५५ को दोस्रो संशोधन २०७४ को विधान बमोजिम योग्यता पुगेका व्यक्ति तथा क्लबलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सदस्यता लिन र पुराना सदस्यहरुलाई नवीकरण गर्न मकवानपुर जिल्ला क्रिकेट संघ आग्रह गरेको छ ।

जिल्ला क्रिकेट संघका अध्यक्ष बाशुलाल श्रेष्ठका अनुसार विधान अनुसार साधारण सदस्यता लिएका व्यक्ति तथा क्लबहरु मात्र आगामी जिल्लाको साधारणसभामा भाग लिन पाउने भएका छन् ।

सदस्यता प्राप्त गर्ने मापदण्डहरु

क) नेपाल क्रिकेट संघ वा राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको राष्ट्रिय स्तरको सिनिएर क्रिकेट प्रतियोगितामा कम्तीमा तीन (३) वटा प्रतियोगिता खेलेको खेलाडी (महिला र पुरुष । उक्त तीन (३) वटा खेल एक (१) वर्ष भित्रको नभै फरक फरक वर्षमा खेलिएको हुनु पर्नेछ । जुन जिल्लाबाट प्रतियोगिता खेलेको हो सोही जिल्लाबाट सदस्यता लिनु पर्नेछ । यस उपधारा बमोजिम सदस्यता प्राप्त गर्ने खेलाडीले कार्य समितिको निर्वाचन हुन अगावैको कम्तीमा दुई बर्षको अवधिमा भएको राष्ट्रिय टोलीमा सहभागी नभएको अवस्थामा मात्र कार्य समितिको पदाधिकारी वा सदस्यको रुपमा निर्वाचित हुन सक्नेछ ।

ख) अन्तराष्ट्रिय क्रिकेट खेलमा भाग लिएको प्रमाण पेश गर्न सक्ने पुर्व क्रिकेट खेलाडी (महिला र पुरुष) ।

ग) आई.सि. सी. ए.सी.सी र संघद्धारा मान्यता प्राप्त अन्य कुनै संस्थाबाट कम्तीमा एक (१) श्रेणीको क्रिकेट खेलको प्रमाणपत्र प्राप्त गरेको अम्पाएर वा निर्णायक वा स्कोरर वा प्रक्षिशक ।

घ) नेपाल क्रिकेट संघद्वारा आयोजित विगत आठ (८) वर्षमा कम्तीमा दुई (२) वटा जिल्ला स्तरीय क्रिकेट खेलमा सहभागी भएको प्रमाणको रुपमा प्रमाणीत टाईसट प्रमाणपत्र वा स्कोरसिट पेश गर्ने दर्ता भएको वा नभएको क्लव दर्ता नभएको क्लवले सदस्यता प्राप्त गरेको छ (६) महिना भित्र सम्बन्धित स्थानिय तहको कार्यलयमा दर्ता हुनु पर्नेछ । दर्ता हुन नसकेको अवस्थामा सदस्यता स्वतः खारेज हुनेछ ।

ङ) जिल्ला प्रदेश वा केन्द्रीय कार्य समितिमा कम्तीमा दुई पुर्ण कार्यकाल सेवा प्रदान गरेको व्यक्ति ।

च) नेपाली नागरीकलाई मात्र सदस्यता प्रदान गरिनेछ । साधारण सदस्यहरुले देहाय बमोजिमको प्रवेश शुल्क र वार्षिक सदस्यता नविकरण शुल्क :

क) व्याक्तिगत साधारण सदस्यले प्रवेश शुल्क स्वरुप रु ५०० (पाँच सय) र वार्षिक साधारण सदस्यता नविकरण शुल्क स्वरुप रु २५० (दुई सय पचास) तिर्नु पर्ने छ ।

ख) संस्थागत साधारण सदस्यले प्रवेश शुल्क स्वरुप रु ५००० (पाँच हजार) र वार्षिक साधारण सदस्यता नविकरण शुल्क स्वरुप रु १००० (एक हजार तिर्नु पर्नेछ ।

नोट: माथि उल्लेखित योग्यता पुगेका व्यक्ति तथा क्लबहरुले सदस्यता लिनु आउँदा योग्यता पुगेको प्रमाणको सक्कली पेश गर्नु पर्नेछ ।

 

 

 

Write A Comment

Please Login to comment.