फुटबल क्लब संघको अध्यक्षमा कर्माछिरिङ शेर्पा चयन
काठमाडौंँ । सहिद स्मारक ए, बी र सी डिभिजन लिग खेल्ने क्लबहरुको भेलाले नेपाल फुटबल क्लब संघको अध्यक्षमा कर्माछिरिङ शेर्पालाई चयन गरेको छ । अध्यक्ष शेर्पा हिमालयन शेर्पा क्लबका अध्यक्ष हुन । यसअघि उनी अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पनि भएका थिए ।
राजधानीमा आज सम्पन्न भेलाले उपाध्यक्षमा मनाङ मर्स्याङ्दी क्लबका विजय घलेलाई चयन गरेको छ । संघको महासचिवमा राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर तथा मध्यपुर युथ एसोसिएसनका उपेन्द्रमान सिंह चयन भएका छन् । त्यस्तै भेलालले सचिवमा सानेपा क्लबका ध्रुवविक्रम पाण्डेलाई चयन गरेको छ । कोषाध्यक्षमा एसएसस स्पोर्ट्स साँगाका मनोरथ आचार्य चयन भएका छन् ।
फुटबल क्लब संघको सदस्यहरुमा शिक्षित पराजुली (सरस्वती युवा क्लब), इन्द्रमान तुलाधर (संकटा क्लब), विश्वास विक्रम शाह (फ्रेन्ड्स क्लब), कपिल राना (सातदोबाटो युथ क्लब), दिकेन सुवाल (एनआरटी), रामकुमार तामाङ (नयाँ बस्ती युवा क्लब) र दिपक ज्ञावली (मनोहरा युनाइटेड क्लब) चयन भएका छन् ।

टिप्पणी लेख्नुहोस्