एक दिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल तल झर्यो
काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय वरीयता नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।
यसअघि १४औँ स्थानमा रहेको नेपाल एक स्थान खस्कँदै १५औँ स्थानमा पुगेको छ । जिम्बावेमा हालै सम्पन्न आइसिसी एक दिवसीय विश्वकप छनोट अन्तर्गत १० टोली सहभागी छनोट खेलमा नेपाल आठौँ भएको थियो ।
सुपर सिक्सबाट बाहिरिएको नेपालले विश्वकप छनोटका खेलेको ६ खेलमा दुई खेल मात्र जितेको थियो । विश्वकप छनोटको प्रदर्शनले पनि नेपालको वरीयता खस्किएको हो । एक दिवसीय विश्वकपमा छनोट भएको नेदरल्यान्ड्सले वरीयता सुधार गर्दै नेपाललाई पछि पारेको हो ।
वरीयतामा एसोसिएट राष्ट्रतर्फ स्कटल्यान्ड शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स दोस्रो र नेपाल तेस्रो स्थानमा रहेको छ । आइसिसीको नयाँ वरीयतामा शीर्षस्थानमा अस्ट्रेलिया, दोस्रो स्थानमा पाकिस्तान र तेस्रो स्थानमा भारत रहेको छ ।
थप समाचार :
महिला फुटबल टोली बङ्गलादेश प्रस्थान
दोस्रो संस्करणको किंग्स कप भलिबल प्रतियोगिता हुने
महिला तथा पुरुष क्लब लिग भलिबलमा एपिएफ विजयी
त्रिभुवन आर्मी क्लबले विश्वकै सबैभन्दा पुरानोमध्ये एक डुरान्डकप खेल्ने
मलेसियामा प्रथम जोहरकप फुटबल प्रतियोगिता आयोजना हुँदै
Write A Comment