लेख विवरण

'ए' डिभिजन लिग : उद्घाटन खेलमा डेब्युटान खुमलटारको जित

'ए' डिभिजन लिग : उद्घाटन खेलमा डेब्युटान खुमलटारको जित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा खुमलटार फुटबल क्लबले १–० को जित निकालेको छ। लिगको पहिलो खेलमा उसले फ्रेन्ड्स क्ललबमाथि संघषपूर्ण जित निकालेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न उद्घाटन खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो। दोस्रो हाफको अन्तिम दुई मिनेट बाँकी रहँदा मेसुकेले ओलुमेउले गोल गर्दै खुमलटारलाई जित दिलाएका हुन् ।

खुमलटारले आज ए डिभिजन लिगमा डेब्यु गरेको हो । उसले पहिलो खेलमा नै जित निकालेर लिगमा सुखद् सुरुआत गरेको हो। उपअधि लक्ष्य लिएको फ्रेन्डसले भने हारबाट लिग सुरु गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.