लेख विवरण

अकी र आरभको जोडी अपराजित

अकी र आरभको जोडी अपराजित

काठमाडौं । नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वर्ल्ड टेनिस टुर जे ६० काठमाडौं अन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा अपराजित रहँदै बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले भारतका सेहजसिंह पवार र प्रत्यशको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे । अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिशको जोडी विरुद्ध खेल्ने छन् । अर्को सेमिफाइनलमा पटेल र देबसिशको जोडीले हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दलको जोडीलाई सीधा सेटमा ६–३ र ६–४ ले हराएका थिए ।

गर्ल्स डबल्समा भारतका अनुष्का भोला र मेहक कपुर तथा मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभबीच फाइनल भिडन्त हुनेछ ।

ब्वाइज सिंगल्समा भारतका देबसिश साहु, हङकङका होङ क्यु लाउ, भियतनाममा फाम ला होङ र ताइपेईंका काइ इन याङले सेमिफाइनलमा स्थान सुरक्षित गरे । सोही स्पर्धाको गल्र्समा रुसकी मिलिना शुब्खानकुलोभा, हङकङकी जान लिङ छुन वोङ तथा मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभले सेमिफाइनल यात्रा तय गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.