अण्डर–१९ राष्ट्रिय क्रिकेटका लागि प्रदेश १ को टोली घोषणा
काठमाडौं । काठमाडौँमा सञ्चालन हुने ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगिताका लागि प्रदेश १ को टोली घोषणा गरिएको छ ।
प्रादेशिक क्रिकेट सङ्घ प्रदेश १ ले यही मङ्सिर ७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ नियमित र चार वैकल्पिक गरी १८ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
प्रदेश १ टोलीको कप्तानीको जिम्मा दिपेश कँडेलले पाएका छन । टोलीका सदस्यहरूमा सोनु अन्सारी, सन्देश भट्टराई, शुभम गहतराज, आईन्सटाइन रिजाल, फैजल रहमान, निखिल यादव, आश्विन महतो, समिर तिम्सिना, भुपाल दंगाल, अभिनय राजबंशी, बिपिन महतो, सुरमिन राइ र अनिल ओझा छन् ।
यसैगरी वैकल्पिक खेलाडीहरूमा दिपु भुजेल, कपिल मण्डल, आशिष राना मगर र प्रकाश कार्की छन ।
प्रदेश १ को टिम प्रशिक्षक र व्यवस्थापकमा राजेश पोखरेल तथा टिम मेन्टरमा पुष्प थापा रहेको प्रादेशिक क्रिकेट सङ्घ प्रदेश १ ले जनाएको छ ।
प्रदेश १ ले झापामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी खेलाडीहरू छनोट गरेको हो । बाहुनडाँगी र काँकडभिट्टामा कात्तिक २३ देखि २८ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन भएको थियो । ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगितामा देशका सात वटै प्रदेशले सहभागिता जनाएका छन् ।


टिप्पणी लेख्नुहोस्