लेख विवरण

अण्डर–१९ राष्ट्रिय क्रिकेट : बागमतीको टोली घोषणा

अण्डर–१९ राष्ट्रिय क्रिकेट : बागमतीको टोली घोषणा

काठमाडौं । काठमाडौँमा सञ्चालन हुने ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगिताका लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ ।

बागमती प्रादेशिक क्रिकेट सङ्घले यही मङ्सिर ७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १८ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो ।

बागमती टोलीमा कप्तानीको जिम्मा अशोक पौडेलले पाएका छन भने उपकप्तान उत्तम थापा मगर रहेका छन । टोलीका सदस्यहरूमा सक्क्षम बस्ताकोटी (विकेट किपर), योगेश भाट, प्रतीक श्रेष्ठ, रोशन बिक, सक्रिया कार्की, अभिषेक उपाध्याय, तिलकराज भण्डारी, अभिषेक कोइराला, मिलन राउत, सौगात ढकाल, ओमकार यादव, चन्दन ठाकुर, लकी कठायत, प्रशान्त पण्डित, दीपेन बानियाँ र एमडी अहमद राजा छन ।

बागमतीको टिम प्रशिक्षकमा सञ्जय महर्जन र व्यवस्थापक सुजन महर्जन रहेको बागमती प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।

बागाती प्रदेशले काठमाडौंमा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी खेलाडीहरू छनोट गरेको हो । प्रतियोगिता कात्तिक २७ देखि ३० गतेसम्म सञ्चालन भएको थियो । ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगितामा देशका सात वटै प्रदेशले सहभागिता जनाएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.