लेख विवरण

अनवरियता खेलाडी कारोलिना मुचोभाले पहिलो पटक फाइनलमा

अनवरियता खेलाडी कारोलिना मुचोभाले पहिलो पटक फाइनलमा

काठमाडौंँ । चेक गणतन्त्रकी अनवरियता खेलाडी कारोलिना मुचोभाले विश्व नम्बर दुई अरिना साबालेन्कालाई ७–६, ६–७, ७–५ को सेटमा पराजित गर्दै पहिलो पटक कुनै पनि ग्रान्डस्लाम टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेकी छन् । चौथो पटक ग्राण्डस्लामको सेमिफाइनलमा पुगेकी साबालेन्का यस पटक पनि फाइनलमा प्रवेश गर्न असफल भईन । मुचोभाले पहिलो सेटको पहिलो खेलमा साबालेन्का बिरुद्ध दमदार सुरुवात गरेकी थिइन् ।

त्यसपछि साबालेन्काले पनि लगातार दुई खेल जितेर बराबरी खेलिन । अन्त्यमा खेल टाइब्रेकरमा पुग्यो जहाँ मुचोभा विजयी भइन् । दोस्रो सेट पनि टाइब्रेकरमा गएको थियो र यो पटक साबालेन्काले जितिन् । तेस्रो सेटमा सबालेन्काले प्रारम्भिक रूपमा वर्चस्व कायम गर्दै एक चरणमा ५–२ को अग्रता लिएकी थिइन। तर, यहाँबाट मुचोभाले लगातार पाँच खेल जित्दै फाइनलमा प्रवेश गरिन् ।

पुरुषतर्फको सेमिफाइनल खेल आज हुनेछ । खेलमा पूर्व च्याम्पियन तथा विश्व नम्बर ३ नोभाक जोकोभिचले विश्व नम्बर १ कार्लोस अल्काराजसँग प्रतिस्पर्धा गर्नेछन् । स्पेनका अल्काराज पहिलो पटक प्रतियोगिताको अन्तिम ४ मा पुगेका छन् भने जोको सातौं पटक उपाधि जित्ने प्रयासमा छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.