लेख विवरण

अनुचित भाषा प्रयोग गरेको भन्दै न्युजिल्यान्डका खेलाडीलाई जरिवाना

अनुचित भाषा प्रयोग गरेको भन्दै न्युजिल्यान्डका खेलाडीलाई जरिवाना

एजेन्सी । न्युजिल्यान्डका बलर काइल ज्यामिसनले खेलको क्रममा अनुचित भाषा प्रयोग गर्दा कारवाहीमा परेका छन । क्राइस्टचर्चमा सकिएको बङलादेश बिरुद्धको दोस्रो टेस्टमा उनले खेलाडीलाई आउट गरेपछि अनुचित भाषा प्रयोग गरेका थिए । कारबाही स्वरुप उनको म्याच फी बाट १५ प्रतिशत कटौती गरिने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदका अनुसार, ज्यामिसनले आईसीसी आचार संहिताको धारा २.५ उल्लंघन गरेका छन । जुन अन्तर्राष्ट्रिय खेलको समयमा भाषा, कार्य वा इशाराको प्रयोगसँग सम्बन्धित छ जसले आउट भएको ब्याट्सम्यानलाई आक्रामक प्रतिक्रियाका लागि उक्साउन सक्छ।

ज्यामिसनको अनुशासनात्मक रेर्कडमा एक डिमेरिट अंक पनि जोडिएको छ । उनले गत २४ महिनामा तेस्रो पटक आईसीसी आचार संहिताको धारा २.५ उल्लंघन गरेका छन, यो सँगै अब उनको तीन डिमेरिट अंक भएको छ ।

यसअघि उनले सन् २०२१ मार्च २१ क्राइस्टचर्चमा बङलादेश बिरुद्धको एकदिवसीय खेल र सन् २०२० डिसेम्बर २८ तौरंगामा पाकिस्तान बिरुद्ध टेस्ट खेलमा आईसीसी आचार संहिताको उल्लंघन गरेका थिए ।

आईसीसीका अनुसार यो घटना बङलादेशको पहिलो इनिङ्सको ४१ औं ओभरमा भएको थियो। सोमबार ज्यामिसनले यासिर अलीलाई आउट गरेपछि अनुचित भाषाको प्रयोग गरेका थिए।

उनले म्याच रेफ्री जेफ क्रोले लगाएको जरिवाना स्वीकार गरेका छन्। मैदानका अम्पायर क्रिस गाफान र वेन नाइट्स, तथा तेस्रो अम्पायर क्रिस ब्राउन र चौथो अम्पायर शन हेगले उनको आरोप दर्ता गरेका थिए।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.