लेख विवरण

अन्जनी र मिनु आईबिए महिला वल्ड बक्सिङ च्याम्पियनसिपमा छनौट

अन्जनी र मिनु आईबिए महिला वल्ड बक्सिङ च्याम्पियनसिपमा छनौट

ललितपुर । भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा अन्जनी तेली (बक्समाण्डु) र मिनु गुरुङ (टिएसी) छनौट भएका छन् । आज भएको ५२ केजी तौल समुहको फाईन लखेलमा अन्जनी तेलीले टिएसीका वर्षा श्रेष्ठ लाई ५ः० आधारको आधारमा र मिनु गुरुङले एपीएफका शर्मिला तामाङलाई ५ः० अंकको आधारमा जित हासिल गरेका छन् ।

सातदोबाटो स्थित बक्सिङ कभर्डहलमा नेपाल बक्सिङ्ग संघले संचालन गरेको उक्त छनौट खेलमा ५० केजी तौल समुहको क्वाटरफाइनल खेलहरुमा रमिसा श्रेष्ठ (आरडिएस) र आरति बम्जन (टिएसी) ले क्रमशः एनपिसीका रिता धरला र झापाका तेजिमाया गुरुङलाई ४ः१ र ५ः० अंकको आधारमा जित हासिल गर्दै सेमिफाइनल प्रवेश गरेका छन् । सेमिफाइनल ५७ केजी तौल समुहमा झापाका खेलाडी शुस्मिता राईले एनपिसिका निशा तामाङलाई ३ः२ अंकको आधारमा जित हासिल गर्दै फाईनल प्रवेश गरेकी छिन् । त्यसैगरि ७५ केजी तौल समुहमा एपिएफका खेलाडी सरस्वती राना मगरले टिएसीका खेलाडी अनुपा चौधरीलाई एबिडीको आधारमा जित हासिल गर्दै फाईनल प्रबेश गरेकी छिन् ।

आजको छनौट प्रतियोगितामा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, महासचिव सविन भट्टचार्य, कोषाध्यक्ष गौतम सुजखु, तालिम तथा प्रशिक्षण विभाग प्रमुख तथा मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, निवर्तमान मुख्य प्रशिक्षक प्रकाश थापामगर, ओेलम्पियन प्रविन तुलाधर, विष्णु बहादुर सिंह, मान बहादुर श्रेष्ठ, राम बहादुर गिरी, केन्द्रीय सदस्य श्यामकाजि अवाले, मान बहादुर भण्डारी, पुष्कर राज पन्त लगाएत बक्सिङ खेलप्रेमि महानुभावहरुको उपस्थिति रहेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.