लेख विवरण

अन्तरकलेज बास्केटबल : क्वेस्ट सेमिफाइनलमा

अन्तरकलेज बास्केटबल : क्वेस्ट सेमिफाइनलमा

काठमाडौं । आयोजक क्वेस्ट इन्टरनेसनल कलेज पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको छात्रमा फाइनल प्रवेश गरेको छ ।

ग्वार्कोस्थित घरेलु कोर्टमा भएको खेलमा क्वेस्टले शुभश्रीलाई ५९–१७ ले सजिलै पराजित गर्दै समूह ‘ए’ को उपविजेता बन्यो । टोलीका लागि गाल्साङ लामाले १६ अंक जोडे ।

प्रतियोगितामा समूह ‘ए’ बाट गोल्डेनगेट इन्टरनेसनल कलेज समुह विजेता बन्दैै सेमिफाइनलमा पुग्न सफल भयो । गोल्डेनगेटले मल्पीलाई ५६–२७ ले हरायो । टोलीका लागि आशुतोष उप्रेतीले १० अंक जोडे ।

छात्र तर्फकै खेलमा नाथमले सायमलाई ५४–१२ ले हरायो । टोलीको जितमा अनुप मोक्तानले १८ अंक जोडे । जितसँगै नाथम समूह ‘बी’ को उपविजेताका बन्दै सेमिफाइनलमा प्रवेश गर्यो । उक्त समूहबाट जेभियर इन्टरनेसनल कलेज यसअघि नै विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।

सेमिफाइनलमा जेभियरको भेट आयोजक क्वेस्टसंग हुने छ । अर्को सेमिफाइनल गोल्डेनगेट र नाथमबीच हुने छ ।

छात्रा तर्फको राउन्ड रोविन लिगमा नाथम शीर्ष स्थानमा रहँदै फाइनल पुग्यो । नाथमले मल्पीमाथि ३१–४ को सहज जित दर्ता ग¥यो । नाथमकी झरना वज्राचार्यले ९ अंक जोडीन । उपाधिका लागि नाथमले अब शुभश्री विरुद्ध खेल्ने छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.