अन्तरकलेज बास्केटबल : जेभियरलाई सफलता
काठमाडौं । जेभियर इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।
ग्वार्को स्थित क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा जेभियरले नाथमलाई ७२–३८ ले पराजित ग¥यो । जेभियरका रवि पौडेलले २१ अंक जोडे ।
छात्र तर्फको अन्य खेलमा मल्पी र केसीएम विजयी भए । मल्पीले शुभश्रीलाई २४–२२ को साँघुरो अन्तरले हरायो । मल्पीका स्वज्ञान खाइजुले ११ स्कोर गरे । सायम विरुद्धको खेलमा केसीएम ५०–४४ ले विजयी भयो । केसीएमका युवराज श्रेष्ठले २२ अंक बटुले ।
छात्रा तर्फ राउन्ड रोविन लिगमा नाथमले शुभश्रीमाथि २३–८ को जित निकाल्यो । नाथमकी झरना वज्राचार्यले ८ स्कोर गरिन् ।

टिप्पणी लेख्नुहोस्