अन्तरविद्यालय कराते : अन्भी शाही र प्रार्थना बज्राचार्य विजयी
रुपन्देही । अन्भी शाही र प्रार्थना बज्राचार्य समृद्धि अन्तरविद्यालय कराते प्रतियोगितामा विजयी भएका छन् । वेदाङा इएन्टरनेशनल स्कुलकी अन्भी छात्रा २० केजी तौल समूहमा पहिलो भएकी हुन । साइनिङ स्टार स्कुलकी प्रार्थनाले छात्रा २५ केजीमा उपाधि जितिन् ।
यसैगरी छात्रा ३० केजी कुमुतेमा इडिफाई इन्टरनेशनल स्कुलकी सुविता गौतम पहिलो भइन् । छात्रा ३५ केजी कुमुतेमा बेस्ट मन्टेस्वरी स्कुलकी सुप्रशन्न पौडेल, ४० केजीमा ज्ञानकुञ्ज हाईस्कुलकी रिदिशा सेन्चुरी, ४५ केजीमा साइनिङ स्टारकी रुप्सा श्रेष्ठ, ५० केजीमा समृद्धि स्कुलकी मिजला महर्जन र ५५ केजीमा साइनिङ स्टारकी निशा कार्की पहिलो भए ।
यसैगरी छात्र २० केजी कुमुतेमा हाईड एन्ड सिक स्कुलका आरिभ श्रेष्ठ, २५ केजीमा ज्ञानकुञ्जका हेरेन्जन लामा, ३० केजीमा ब्लु वेर्न स्कुलका प्रज्वल गिरी, ३५ केजीमा श्रीमहेन्द्र सरस्वती स्कुलका राजीव पासवान, ४० केजीमा जनपथ स्कुलका रोमन बस्नेत, ४३ केजीमा ज्ञानोदयमा शङ्कर अधिकारी, ४५ केजीमा श्री महेन्द्रका जीत रानामगर, ५० केजीमा सरस्वती निकेतनका विजय बुढा, ५५ केजीमा सरस्वतीका भेषराज दाहाल र खुला तौलमा सरस्वतीकै अमरजित शाहले स्वर्ण जिते् ।

टिप्पणी लेख्नुहोस्