लेख विवरण

अन्तरविद्यालय बास्केटबल : संस्कृतिको जित

अन्तरविद्यालय बास्केटबल : संस्कृतिको जित

काठमाडौं । आयोजक संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार जित हात पारेको छ । स्वयंभूस्थित घरेलु कोर्टमा संस्कृतिले एपेक्स लाइफलाई १७–२ ले पराजित ग¥यो । संस्कृतिकी प्रत्युशा तुलाचनले ६ अंक जोडिन् ।

गल्र्समै काठमाडौं वल्र्ड स्कुलले केभीकेएसएसलाई १२–२ तथा काष्ठमण्डपले मातृभूमिलाई १७–२ ले हरायो । काठमाडौं वल्र्ड स्कुलकी सिलोह लामाले ५ तथा काष्ठमण्डपकी राजभी श्रेष्ठले ६ स्कोर गरिन । दोहोरो जित निकालेको काठमाडौं वल्र्डले मातृभूमिलाई २३–१३ ले पन्छायो । विजेताका सफल थपलियाले ९ अंक जोडे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.