लेख विवरण

अन्तरविद्यालय बास्केटबल : संस्कृति क्वाटरफाइनलमा

अन्तरविद्यालय बास्केटबल : संस्कृति क्वाटरफाइनलमा

काठमाडौं । संस्कृति स्कुल आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित आयोजक रेडिअन्टको कोर्टमा मंगलबार भएको खेलमा संस्कृतिले न्यु भिजनलाई १३–६ ले पराजित ग¥यो । संस्कृतिकी प्रत्युशा तुलाचनले ४ अंक जोडिन् । डिफेन्डिङ च्याम्पियन निम्सले विल्सन एकेडेमीलाई २१–७ तथा रिब्सले ग्रिनफिल्डलाई ६–५ ले हरायो । निम्सकी पिना लिम्बूले १३ तथा रिब्सकी नौसिका लिम्बूले ४ स्कोर गरिन ।

सिनियर ब्वाइजमा विस्डमले माउन्ट ग्लोरीलाई २०–१६, पुष्पसदनले पिपुल्स एकेडेमीलाई ४३–३०, साविक विजेता निम्सले नवीन ज्योतिलाई ५१–६ तथा ओसिसले विल्सनलाई ४७–२८ ले हरायो । विस्डमका अजित बस्नेतले ८, पुष्पसदनका शिरीष शाक्यले २०, निम्सका आयुश खड्काले १२ तथा ओसिस सुरेश रोकाले २८ अंक जोडे ।

जुनियर ब्वाइजमा श्रृजना ज्ञान सागरले ओसिसलाई ४–१ तथा ग्रिनफिल्डले लोक आदर्शलाई २०–८ ले हरायो । श्रृजनाका मिसन गोलेले २ तथा ग्रिनफिल्डका पुजन उप्रेतीले १० स्कोर गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.