लेख विवरण

अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा चन्दनलाई स्वर्ण

अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा चन्दनलाई स्वर्ण

काठमाडौं । एनिज पिङपोङ क्लब नेपालका चन्दन शाहीले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन । उनले भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जितेका हुन ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा चन्दनले (इन्डियन मास्टर) भारतका हीरा गोस्वामीलाई ८–११, ११–६, ११–८ र ११–९ को सेटमा पराजित गरे । एनिजका अन्य खेलाडीहरुमा रक्तचन्द्र मानन्धर र निकेनमान प्रधान तेश्रो भए ।

विभिन्न ६ स्पर्धा समावेश प्रतियोगितामा ४ स्पर्धाको फाइनल सम्पन्न भइसकेको छ ।

भारतको बैंक अफ बरोडाले पुरुष÷महिला टिम इभेन्टमा स्वर्ण जितेको छ भने चन्दनसहित एनिजका राजन सुब्बाले भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण हात पारेका छन् । पुरुष÷महिला सिंगल्सको फाइनल प्रतियोगिताको अन्तिम दिन शनिबार हुनेछ ।

सम्झना ल्याबको प्रमुख प्रायोजन र ललितपुर टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष सिंगल्समा नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र भारतका स्वार्नेन्दु चौधरी फाइनल प्रवेश गरेका छन ।

श्यान्टुले बरोडाका श्रीकृष्ण अरुणाचलमलाई ११–९, १२–१४, ११–८, ११–६, ९–११ र ११–६ तथा स्वार्नेन्दुले बरोडाका नितिनलाई ११–७, ११–८, ११–९, ११–१३ र ११–८ को सेटमा पराजित गरे । साविक विजेता अंशुल गर्ग एकेडेमी (एजीए)का आदर्श ओम क्षेत्री क्वाटरफाइनलमै रोकिए ।

महिला सिंगल्सको सेमिफाइनलमा एजीएकी त्रिशा पौलले भारत गाजियाबादकी तनिशा मोलानीलाई ११–९, ११–५, ८–११, ११–९ र ११–२ तथा भारतकी अभानी त्रिपाठीले एजीएकी फिल्जाह फतिमालाई ४–११, १५–१३, २–११, १३–११, ११–९, ७–११ र ११–९ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरिन ।

यो स्पर्धाकी डिफेन्डिङ च्याम्पियन बरोडाकी ममता प्रभु प्रतियोगितामा सहभागी भएपनि सिंगल्समा खेलिनन् । उनले टिम इभेन्टमा मात्र प्रतिस्पर्धा गरिन् । त्यसमा उनको टोलीले स्वर्ण हात पा¥यो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.