लेख विवरण

अफगानिस्तानलाई जिम्वाम्वेविरुद्धको श्रृंखला

अफगानिस्तानलाई जिम्वाम्वेविरुद्धको श्रृंखला

काठमाडौं । जिम्वाम्वेविरुद्ध दोस्रो टी-२० खेलमा २१ रनको जित निकालेसँगै अफगानिस्तानले तीन खेलको श्रृंखला एक खेल अघि नै आफ्नो पक्षमा पारेको छ ।

जिम्वाम्वेको हरारेमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १७१ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली ७ विकेट गुमाउँदै १४९ रनमै समेटियो ।

जिम्वाम्वेका इन्नोसेन्ट काइकाले सर्वाधिक ५४ रन बनाए । सिकन्दर राजाले ४१ तथा टाडिवानासे मारुमानीले ३० रनको योगदान गरे । अफगानिस्तानका रासिद खानले सर्वाधिक २ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७० रन बनायो ।

अफगानिस्तानका नाजिवुल्लाह जदरानले सर्वाधिक ५७ रन बनाए । कप्तान मोहम्मद नावीले ४३ रनको योगदान गरे । जिम्वाम्वेका टेन्डाइ चतराले दुई विकेट लिए ।

पहिलो टी २० खेलमा अफगानिस्तानले ६ विकेटको जित निकालेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.