लेख विवरण

अफगानिस्तान क्रिकेट टोलीको कप्तान पदबाट मोहम्मद नाबीले दिए राजिनामा

अफगानिस्तान क्रिकेट टोलीको कप्तान पदबाट मोहम्मद नाबीले दिए राजिनामा

काठमाडौं । अफगानिस्तान टोलीका कप्तान तथा अनुभवी स्टार अलराउन्डर मोहम्मद नाबीले आफ्नो पदबाट राजीनामा दिएका छन् । टी–२० विश्वकपमा अफगानिस्तानको खराब प्रदर्शनपछि उनले कप्तानबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

नाबी अफगानिस्तानका सबैभन्दा सफल कप्तान हुन्। रसिद खानले कप्तानीबाट राजीनामा दिएपछि अफगानिस्तान टोलीको कमाण्ड सम्हालेका नाबीको कप्तानीमा अफगानिस्तानले २३ खेल खेलेको थियो जसमध्ये १० खेल जितेको थियो भने १३ खेलमा हार बेहोरेको थियो ।

अफगानिस्तानका पूर्व अलराउन्डर मोहम्मद नाबीको क्रिकेट करियर उत्कृष्ट रहेको छ । उनले अफगानिस्तानका लागि हालसम्म १ सय ३ टी–२० खेल खेलेका छन् जसमा उनले १ हजार ६ सय ६४ रन बनाएका छन् । योसँगै बलिङमा पनि उनको नाममा ८४ विकेटको कीर्तिमान छ । उनलाई टी–२० को सबैभन्दा सफल अलराउन्डर मानिन्छ ।

नाबीले अफगानिस्तानका लागि १ सय ३३ ओडीआई खेलेका छन् । उनले ओडीआईमा २ हजार ९ सय १ रन बनाएका छन् । एकदिवसीयमा नाबीले १ शतक र १५ अर्धशतक बनाएका छन् । उनले एकदिवसीय क्रिकेटमा बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । एकदिवसीयमा नाबीको नाममा १ सय ४२ विकेटको कीर्तिमान छ ।

तर नाबीले टेस्टमा धेरै खेल खेलेका छैनन् । उनले अफगानिस्तानका लागि अहिलेसम्म ३ टेस्ट खेलिसकेका छन् । जसमा उनले २४ रन बनाएका छन् । यद्यपि उनले बलिङमा ८ विकेट लिएका छन् ।

अफगानिस्तान टोलीको कप्तान पदबाट राजीनामा दिँदै मोहम्मद नाबीले ट्वीटरमा भावुक हुँदै लेखे, ‘हाम्रो टी–२० विश्वकपको यात्रा अन्त्य हुन लागेको छ । हामीले पाएको नतिजा फ्यान र हाम्रो अपेक्षाअनुरूप भएन। खेलको नतिजाबाट हामी धेरै निराश छौं। विगत एक वर्षदेखि हाम्रो टोलीको तयारी कप्तानले चाहेको वा ठूला प्रतियोगिताका लागि आवश्यक पर्ने स्तरमा थिएन । साथै, पछिल्ला केही भ्रमणहरूमा टोली व्यवस्थापन, छनोट समिति र म एउटै सोचका साथ अगाडि बढेका थिएनौं, जसले टोलीको सन्तुलनमा असर गरेको थियो।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.