अफ्रिका कप एक वर्षलाई सर्यो
काठमाडौं । आइभोरी कोस्टमा तय भएको अफ्रिका कप अफ नेसन्स एक वर्षलाई सरेको छ। अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ) ले मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ ।
प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो । तर, यो समयमा अत्याधिक मौसम हुने भएसंगै क्याफले सन् २०२४ को जनवरी फ्रेब्रुवरीमा गर्ने जनाएको छ ।
यसै वर्ष भएको अफ्रिका कपको उपाधी इजिप्टलाई हराउदै सेनेगलले जितेको थियो ।

टिप्पणी लेख्नुहोस्