अफ्रिदीलाई ‘आईसीसी क्रिकेटर अफ दि इयर’ अवार्ड
एजेन्सी । पाकिस्तानका तिब्र गतिका बलर शाहिन शाह अफ्रिदीले सन् २०२१ को आईसीसी क्रिकेटर अफ दि इयर अवार्ड जितेका छन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार पुरुषतर्फ अफ्रिदीलाई ‘क्रिकेटर प्लेयर अफ दि इयर’ अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।
यो अवार्ड जित्ने अफ्रिदी पहिलो पाकिस्तानी खेलाडी बनेका छन । अफ्रिदीले गतबर्ष ३६ अन्तर्राष्ट्रिय खेलमा ७८ विकेट लिएका थिए । यसैगरी आईसीसीले पाकिस्तानकै कप्तान बाबर आजमलाई आईसिसी एकदीवसिय ‘क्रिकेटर अफ दि इयर’ अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । बाबरले सन् २०२१ मा ६ एकदिवसीय खेल खेल्दै ६७.५० को औसतमा चार सय पाँच रन बनाएका थिए ।
आईसीसीले टेस्ट क्रिकेटर अफ दि इयर’ अवार्ड इङ्लिस टेस्ट टोलीका कप्तान जो रुटलाई प्रदान गर्ने घोषणा गरेको छ । रुटले गतबर्ष १५ टेस्ट खेल्दै एक हजार सात सय आठ रन बनाएका थिए । उनले बलिङमा १४ विकेट पनि लिएका थिए ।

टिप्पणी लेख्नुहोस्