अबु धाबी टी १० मा रैनाले डेक्कन ग्लाडिएटर्सबाट खेल्ने
काठमाडौं । पूर्व भारतीय ब्याट्सम्यान सुरेश रैनाले अबु धाबी टी १० (एडीटी१०)को छैटौं सिजन खेल्ने भएका छन् । एडीटी १० मा उनले डेक्कन ग्लाडिएटर्सको प्रतिनिधित्व गर्ने भएका छन। गत सेप्टेम्बरमा इन्डियन प्रिमियर लिग (आईपीएल) र घरेलु क्रिकेटबाट सन्यास घोषणा गरेका रैनाले एडीटी १० मा आफ्नो पहिलो सिजन खेल्नेछन्। रैनासँग टोलीमा आन्द्रे रसेल, तस्किन अहमद, जोस लिटल र डेभिड विसे रहेका छन।
रैनाले भने, “डेक्कन ग्ल्याडियटर्स टोलीमा आवद्ध हुन पाउँदा म निकै रोमाञ्चित छु र आशा छ हामीले यस वर्ष उपाधि कायम राख्न सक्षम हुनेछौं। म अबु धाबी १० मा नयाँ चुनौतीको लागि तयार छु र फ्यानहरू र मेरो टोलीका लागि राम्रो पदर्शन गर्न आतुर छु। यो एक रोमाञ्चक प्रतियोगिता हो र म यसको एक हिस्सा हुन धेरै उत्साहित छु।
अबु धाबी १० को छैटौं सिजन २३ नोभेम्बर देखि ४ डिसेम्बर सम्म खेलाइनेछ। ग्लाडिएटर्सले आफ्नो पहिलो खेल अबुधाबीसँग प्रतियोगिताको पहिलो दिन खेल्नेछ ।

टिप्पणी लेख्नुहोस्