लेख विवरण

अभिलाषा २५ के टेनिस प्रतियोगिताको ‘मेन ड्र’ मा

अभिलाषा २५ के टेनिस प्रतियोगिताको ‘मेन ड्र’ मा

काठमाडौं । नेपालकी अभिलाषा विष्ट डब्लुटीए २५ के टेनिस प्रतियोगिताको ‘मेन ड्र’ मा प्रवेश गरेकी छन् ।

‘मेन ड्र’ का लागि भएको छनोट प्रतिस्पर्धामा अभिलाषाले भारतकी अस्मिता इस्वारामुर्थीलाई ६–१, ०–६ र १०–७ ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

नेपाली टेनिसको इतिहासमा डब्लुटीए २५ के टेनिसमा कुनैपनि नेपाली खेलाडी ‘मेन ड्र’ मा प्रवेश गरेको यो नै पहिलो पटक भएको सदस्य विष्टले जानकारी गराए । प्रतियोगिता बुरुन्डीमा भइरहेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.