लेख विवरण

अमेरिकाद्धारा नेपालसामू २०८ रनको लक्ष्य प्रस्तुत

अमेरिकाद्धारा नेपालसामू २०८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितमा अमेरिकाले नेपालसामू २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जिम्बावेको हरारेमा मंगलबार जारी खेलमा पहिले ब्याटिङ गरेको अमेरिकाले नेपालसामू जितका लागि यो लक्ष्य प्रस्तुत गरेको हो।

टस जितेर नेपालले अमेरिकालाई ब्याटिङको लागि निम्तो गरेको थियो। अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन जोडेको हो।

अमेरिकाका तर्फबाट ब्याटिङ गर्दै सायन जहाँगिरले १ सय रन बनाएर नटआउट रहे। ७९ बलमा सतक पूरा गरेका उनले १० चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै सुशान्त मोदानीले ४२ र गजानन्द सिंहले २६ रनको योगदान दिए। अमेरिकाका अरू ब्याट्सम्यान दोहरो अंकमा रन बनाउन सकेनन्।

नेपालका तर्फबाट बलिङ गर्दै करण केसीले ४ विकेट लिए। त्यस्तै गुलशन झाले ३, दीपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए।

समूह चरणको पहिलो खेलमा जिम्बावेसँग पराजित भएको नेपाली टोली अमेरिकाविरूद्धको यो खेल जित्नैपर्ने दबाबमा छ।

छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल गत आइतबार जिम्बावेसँग पराजित भएको थियो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.